१. सन् २०२५ अगस्तमा प्रकाशित फिफा विश्व वरीयतामा नेपाली महिला राष्ट्रिय टोली कति औँ स्थानमा रहन सफल भएको छ?
८७ औँ
– यसअघि १०० औँ स्थानमा रहेको नेपालको महिला फुटबल टिमले १३ स्थान सुधार गर्दै ८७ औँ स्थान कायम गर्न सफल भएको।
– नेपालको यो अहिलेसम्मकै सबैभन्दा उच्च वरीयता हो।
– यसअघि नेपाली महिला टिमको सबैभन्दा उच्च वरीयता ९१ औँ रहेको थियो।

२. प्रधानमन्त्री केपी शर्मा ओली भूपरिवेष्टित विकासशील राष्ट्र (एलएलडिसी) को तेस्रो संयुक्त राष्ट्रसङ्घीय सम्मेलनको सन्दर्भमा कहिले तुर्कमेनिस्तान प्रस्थान गर्नुभएको हो?
विसं २०८२ साउन १८ – (स्वदेश फिर्ता: विसं २०८२ साउन २४)
– सम्मेलन ५–८ अगस्ट, २०२५ मा तुर्कमेनिस्तानमा सम्पन्न भयो।
– प्रधानमन्त्री ओली नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै सहभागी।
– उनले सम्मेलनको उच्चस्तरीय गोलमेच सहअध्यक्षता र सम्बोधन गरे।
३. ‘रानी जमरा कुलरिया सिँचाइ आयोजना’ को उद्घाटन कहिले भएको हो?
विसं २०८२ साउन १३
– थप १४,३०० हेक्टरमा सिँचाइ सुविधा, ४.७१ मेगावाट जलविद्युत् र प्रसारण लाइनको उद्घाटन।
– आयोजना अन्तर्गत कुल ३४,३०० हेक्टरमा सिँचाइ सुविधा उपलब्ध हुनेछ।
४. रुसमा शक्तिशाली भूकम्प कहिले गएको हो?
सन् २०२५ जुलाई ३०
– काम्चट्का प्रायद्वीप नजिक ८.८ म्याग्निच्युड।
– भूकम्प जमिनको सतहदेखि १८ किमी तल उत्पन्न।
५. कोपा अमेरिका वुमन च्याम्पियनसिप २०२५ को उपाधि कसले जित्यो?
ब्राजिल – उपविजेता: कोलम्बिया
– खेल ११ जुलाई–२ अगस्ट, २०२५ सम्म इक्वेडरमा सम्पन्न।
– सहभागी टिम संख्या: १०
६. भारतको नोएडामा सम्पन्न एमएफएन च्याम्पियन १७ उपाधि जित्ने खेलाडी को हुन्?
रवीन्द्र ढाँट (बझाङ, नेपाल)
– २ अगस्ट, २०२५ मा फाइनलमा भारतका चुनरेङ कोरेनलाई पराजित।
– पहिलो नेपाली बान्टमवेट च्याम्पियन।
७. पब्जी मोबाइल एसियन सोडाउन २०२५ को उपाधि कुन राष्ट्रले जित्यो?
पाकिस्तान – उपविजेता: इन्डोनेसिया
– नेपाल टिम निलो तेस्रो, रातो चौथो।
– पाकिस्तानका फाल्का उत्कृष्ट खेलाडी।
८. सगरमाथाको सबैभन्दा धेरै पटक आरोहण गर्ने गैर–शेर्पा आरोही को हुन्?
बेलायतका केन्टन कुल – १९ पटक (२०२५ मे १८ सम्म)
– २००४ देखि प्रत्येक वर्ष आरोहण।
९. संयुक्त राष्ट्रसङ्घद्वारा कुन वर्षलाई इन्टरनेसनल इयर अफ को–अपरेटिभ्सको रूपमा मनाउने घोषणा गरिएको छ?
सन् २०२५
– साथै, सन् २०२५ मा Peace & Trust, Glacier Preservation, Quantum Science & Technology पनि।
१०. विशाखापट्टनम बन्दरगाहमा मालवस्तु परिवहन विद्युतीय ट्रेकिङ प्रणाली (ECTS) कहिले सुरु भयो?
विसं २०७५ फागुन ३
११. धेरै गाउँपालिका भएको जिल्ला कुन हो?
धादिङ – ११ गाउँपालिका
१२. सगरमाथा आरोहण गर्ने विश्वकै पहिलो मिर्गौला प्रत्यारोपित व्यक्ति को हुन्?
पेम्बा शेर्पा (३६ वर्ष, सोलुखुम्बु)
– विसं २०८१ वैशाख ३१ (२०२५ मे १४) मा आरोहण।
१३. टेलिफोन कललाई इन्टरनेटमार्फत भित्र्याउने प्रविधि के हो?
भिओआइपी (Voice over Internet Protocol)
१४. राष्ट्रिय श्रम आप्रवासन नीति २०८२ कहिले स्वीकृत भयो?
विसं २०८२ साउन १८
१५. QR को पूरा रूप के हो?
Quick Response Code
१६. नेपालले ISO को पूर्ण सदस्यता कहिलेदेखि पायो?
सन् २०१४ जनवरी
१७. हजारौँ हात्तीको देश भनेर कुनलाई चिनिन्छ?
लाओस
१८. उपत्यकामा सवारीसाधनको गति मापन प्रविधि के हो?
लेजर स्पिड गन
१९. नेपाल पन्छी संरक्षण संघले चराको गणनामा प्रयोग गर्ने एप के हो?
छिमेकी चरा
२०. नेपालका तर्फबाट आणविक ऊर्जासम्बन्धी Country Programme Framework मा कहिले हस्ताक्षर भयो?
सन् २०२२ सेप्टेम्बर २७
२१. नेपाल अन्तर्राष्ट्रिय तेक्वान्दो महासंघ (ITF) ले २०८१ वर्ष उत्कृष्ट खेलाडीमा कसलाई सम्मान गर्यो?
पुरुष: भीमबहादुर तामाङ
महिला: सुस्मिता थापा मगर